२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

२४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ९८१ जना कोरोनामुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकभर थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । 

२४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ९८१ जना कोरोनामुक्त

यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३९ हजार ६४३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार ९८१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख २१ हजार ८२४ संख्या पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २९५ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार २४८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ८८९ जना रहेका छन् ।

प्रकाशित : कार्तिक १२, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?