बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका–१४ की ७१ वर्षीया महिला रहेकी छन् ।

गत कात्तिक ६ गते पीसीआर परीक्षण गर्दा पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएकी उनको बुधवार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

उनी दीर्घरोगी रहेको र उनमा श्वासप्रश्वासको समस्या रहेको डा गौतमले जनाए ।

प्रकाशित : कार्तिक १२, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्

स्याटेलाइट जीपीएस जडित 'जेबरोङ' मर्‍यो

'सामलिङ' पनि जेठ १५ देखि सम्पर्कविहीन
सरकारले घटना लुकायो
अब्दुल्लाह मियाँ

काठमाडौँ — शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा घाँटीमा स्याटेलाइट जीपीएस कलर बाँधिएको 'जेबरोङ' नामको हिउँ चितुवा करिब ७ महिनाअघि नै मरे पनि सरकारले त्यो घटनालाई लुकाएको छ ।

जेबरोङको मृत शरीर भिजेर भन्ने स्थानको कु गाउँमा वैशाखमै भेटिए पनि वन तथा वातावरण मन्त्रालयले ७ महिनासम्म उक्त घटनालाई बाहिर ल्याउन चाहेको छैन ।

'२२ वैशाख (४ मे) पछि जेबरोङले कुनै सिग्नल नपठाएपछि खोज्दै जाँदा कु गाउँमा मृत शरीर नै भेटियो,' राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट समेत रहेका सूचना अधिकारी हरीभद्र आचार्यले कान्तिपुरसित भने, 'सामलिङ पनि जेठ १५ (मे २८) देखि सम्पर्कमा छैन ।'

७ महिनादेखि संकेत दिन छाडेकाले त्यो पनि मरेको आशंका गरिएको छ । 'कुनै खोंचमा परेर हो वा के भएको हो खोजी भइरहेको छ,' आचार्यले भने । गाउँ र गुम्बाको सम्झनामा दुवै हिउँ चितुवाको नामाकरण गरिएको थियो । प्राविधिकहरुका अनुसार स्याटेलाइट जीपीएस कलरले २ देखि ३ वर्षसम्म संकेत दिन्छ । जर्मनीमा बनेको उक्त स्याटेलाइट जीपीएसको मूल्य ६ देखि ७ हजार अमेरिकी डलर पर्छ ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश लम्सालले 'घटना किन बाहिर ल्याइएन भनेर विभागसँग बुझ्ने' बताए ।

आचार्यका अनुसार मर्नुको कारण अहिलेसम्म पत्ता लागेको छैन । जेबरोङको घाँटीमा जडित कलरले १६९ दिन सूचना दिएको देखिन्छ भने १२० वर्ग किमि क्षेत्रलाई आफ्नो होम रेन्ज (बासस्थल) बनाएको थियो । निकुञ्ज र स्थानीयले जेबरोङको कुहिएका हाड र अन्य भाग संकलन गरेर निकुञ्जको मुख्यालय सुलिगाड ल्याएका छन् ।

गत वर्षको कात्तिक ३० मा निकुञ्ज विभागको पहल र शे–फोक्सुण्डो निकुञ्जको अगुवाइमा वन्यजन्तु प्राविधिकहरुले उक्त भाले हिउँ चितुवाको घाँटीमा स्याटेलाइट जीपीएस कलर बाँधेका थिए । त्यसका निम्ति डब्लूडब्लूएफ नेपालले आर्थिक र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले प्राविधिक सहयोग गरेको थियो । कलर जडान गर्न संस्था, स्थानीय र प्राविधिक गरी १८ जना २३ दिन भिजेर क्षेत्रमा खटिएका थिए ।

हिमाली क्षेत्र भिजेर, चारकार्बो क्षेत्रको ४ हजार १ सय ७१ मिटर उचाइमा घाँटीमा स्याटेलाइट कलर बाँधेर छाडिएको जेबरोङ आहार खोज्दै ६ हजार २ सय ९८ मिटर उचाइसम्म पुगेर चैतमा तल्लो क्षेत्रमा फर्किएको थियो । २२ वैशाखपछि भने उक्त हिउँ चितुवाको घाँटीमा जडित स्याटेलाइटले कुनै पनि संकेत नदिएको आचार्यले बताए ।

'जीपीएस पोइन्टका आधारमा हिउँ चितुवाका गतिविधिका संकेत कम्प्युटरमा एसएमएसमार्फत प्राप्त हुनुपर्ने हो,' आचार्यले भने, '४ मे पछि दुवै हिउँ चितुवाले कुनै संकेत दिएका छैनन् ।'

जीपीएस कलर बाँध्ने बेलामा जेबरोङको तौल ३८ र उमेर ३ देखि ४ वर्षको थियो । गत वर्षको मंसिर २ मा सामलिङ गुम्बा नजिकैको ३ हजार ८ सय ८५ मिटर उचाइमा कलर बाँधेर अर्को भाले हिउँ चितुवालाई पनि स्याटेलाइट कलर जडान गरिएको थियो, त्यसलाई 'सामलिङ' नाम राखिएको थियो ।

स्याटेलाइट कलर गरिनुअघि सामलिङ हिउँ चितुवा ।

कलर गरेर छाड्दा ३३ किलो तौल भएको सामलिङको उमरे ४ देखि ५ वर्ष हो । 'सामलिङ' पनि आहारको खोजीमा ६ हजार २ सय ५२ मिटरसम्म उक्लिएर गत चैतमा तल झरेको थियो ।

हिउँ चितुवा विद्यावारिधि गरिरहेका कमल थापाका अनुसार नाउर र झारल उसको मुख्य आहार हो । शे फोक्सुण्डोमा नाउर बढी छन् । '६० देखि ७० प्रतिशत आहार नाउर र झारल हो,' थापाले भने, 'त्योबाहेक ३० देखि ४० प्रतिशत आहार गाई, चौरीका बच्चा, च्यांग्रा, फ्याउ मुसा र कस्तरी मृग हो ।'

थापाका अनुसार नेपालमा पहिलो पटक हिउँ चितुवाबारे जर्ज स्यालर भन्ने विदेशी अनुसन्धानकर्ताले अध्ययन गरेका हुन् । सन् १९७० ताका उनी पोखराबाट ढोरपाटन हुँदै अध्ययनका लागि डोल्पासम्म पुगेका थिए । ‘उनैले नेपालमा हिउँ चितुवा छन् भनेर विश्वमा आवाज पुर्‍याएका हुन्,’ थापाले भने ।

स्याटेलाइट जीपीएस कलर जोड्दै प्राविधिक । तस्बिर: निकुञ्ज विभाग, डब्लूडब्लूएफ नेपाल

त्यसको करिब १२ वर्षपछि अमेरिकी वन्यजन्तुविज्ञ रोड्नी ज्याक्सनले रेडियो कलर जडान गर्दै हिउँ चितुवाहरूको आहार र अवस्थाबारे अनुसन्धान गरेका थिए ।

विभागकै नेतृत्वमा ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रका चारवटा हिउँ चितुवाको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको थियो । त्यसले त्यहाँका चितुवाको विचरण चीनको तिब्बत र भुटानसम्मै हुने गरेको देखाएको थियो ।

हिउँ चितुवाको बासस्थान र विचरण थाहा पाउन र तिनको आहारको अवस्थाबारे अध्ययनका लागि २०७५ को भदौ १५ मा वनमन्त्री शक्तिबहादुर बस्नेतले १२ वटा हिउँ चितुवामा कलर जडान गर्ने निर्णय गरेका थिए ।

पहिलो चरणमा गत आर्थिक वर्षमा शे फोक्सुण्डोमा २ वटा हिउँ चितुवामा कलर जोडिएको हो । त्यही निकुञ्जमा थप २ वटामा पनि कलर जडान गरिने विभागको भनाई छ । विभागले ५ वर्षभित्र अन्नपूर्ण र मनास्लु क्षेत्रका थप ८ वटा हिउँ चितुवामा पनि कलर जोड्ने योजना बनाएको छ ।

प्राविधिकहरुका अनुसार रेडियो कलरबाट प्राप्त सूचनाका आधारमा भविष्यमा संरक्षण रणनीति बनाउन र भू–परिधिस्तरीय सहयोग आदान प्रदान र अरु देशसँग समन्वय र सहकार्य गर्न सहयोग पुग्ने बताउँछन् ।

हिउँ चितुवाको उपलब्धताका हिसाबले नेपालका संरक्षण क्षेत्रलाई तीन भागमा विभाजन गरिएको छ । कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण, सगरमाथा र लाङटाङ निकुञ्ज तथा गौरीशंकर संरक्षण क्षेत्र समेटिएको पूर्वी ब्लक, मनास्लु संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्र समेटिएको मध्यक्षेत्रको ब्लक र ढोरपाटन सिकार आरक्ष, शे–फोक्सुन्डो, रारा र खप्तड निकुञ्जसहित अपी नाम्पा संरक्षण क्षेत्र समेटिएको पश्चिम ब्लक गरी तीन ब्लकमा हिउँ चितुवा छन् ।

नेपालमा संरक्षित सूचीमा रहेको यो सुन्दर र आकर्षक वन्यजन्तु दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्टिय व्यापार नियन्त्रण महासन्धि (साईटिस) को अनुसूची १ मा छ भने आईयूसीएनले असुरक्षित सूचीमा राखेको छ । त्यसप्रति हिउँचितुवा विज्ञ सोम आले र सारुदत्त मिश्रले आपत्ति जनाउँदै संख्या बढेको यकिन नभई उसलाई संकटनापन्नबाट अपग्रेड गर्न नहुने जीकिर गरेका छन् ।

लजालु स्वभावको हिउँ चितुवा नेपालसहित अफगानिस्तान, पाकिस्तान, चीन, किर्गिस्तान, कजाकस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, रुस, भुटान, भारत र मंगोलिया गरी १२ देशमा पाइन्छ । विश्वभर हिउँचितुवाको संख्या करिब ३ देखि ६ हजार अनुमान गरिएको छ ।

पुरानो तथ्यांकअनुसार नेपालमा करिब ३ देखि ५ सयको हाराहारीमा छन् । १२ देशमा हिउँ चितुवाका २३ भू–दृश्य क्षेत्र पहिचान गरिएका छन् । तीमध्ये तीन वटा नेपालमा पर्छन् । १२ देशमा यीनले विचरण गर्ने क्षेत्र (बासस्थान) १७ लाख ७६ हजार वर्गकिलोमिटर छ ।

यो पनि पढ्नुहोस्ः

सिकारमा रमाउँदै जेबरोङ र स्याम्लिङ

प्रकाशित : कार्तिक १२, २०७७ १२:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×