बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

कार्तिक १२, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका–१४ की ७१ वर्षीया महिला रहेकी छन् ।

गत कात्तिक ६ गते पीसीआर परीक्षण गर्दा पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएकी उनको बुधवार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

उनी दीर्घरोगी रहेको र उनमा श्वासप्रश्वासको समस्या रहेको डा गौतमले जनाए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully