गैंडाकोटका कोरोना संक्रमितको भरतपुरमा मृत्यु

कार्तिक १२, २०७७

नारायण शर्मा

नवलपरासी — गैंडाकोटका एक कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

गैंडाकोट नगरपालिकाका मेयर छत्र पौडेलका अनुसार श्वासप्रश्वासको समस्या भएका ती पुरुषलाई कात्तिक ३ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

अस्पतालमा गरिएको परीक्षणमा उनलाई कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको हो । उनको मंगलबार साँझ मृत्यु भएको छ । यी समेत पूर्वी नवलपरासीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्लामा बुधबारसम्म १६ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । 

कोरोना भाइरस

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully