३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गैंडाकोटका कोरोना संक्रमितको भरतपुरमा मृत्यु

नारायण शर्मा

नवलपरासी — गैंडाकोटका एक कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

गैंडाकोटका कोरोना संक्रमितको भरतपुरमा मृत्यु

गैंडाकोट नगरपालिकाका मेयर छत्र पौडेलका अनुसार श्वासप्रश्वासको समस्या भएका ती पुरुषलाई कात्तिक ३ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

अस्पतालमा गरिएको परीक्षणमा उनलाई कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको हो । उनको मंगलबार साँझ मृत्यु भएको छ । यी समेत पूर्वी नवलपरासीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्लामा बुधबारसम्म १६ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : कार्तिक १२, २०७७ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?