३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

काठमाडौं उपत्यकामा थप २ सय ५२ जनामा कोरोना

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा ९७ महिला र १ सय ५५ पुरुष संक्रमित छन् ।

काठमाडौं उपत्यकामा थप २ सय ५२ जनामा कोरोना

कम परीक्षणभएसँगै संक्रमितकाे संख्या कम भएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार मंगलबार काठमाडाैंमा २ सय २५ जना, भक्तपुर ४ जना र ललितपुरमा २३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

प्रकाशित : कार्तिक ११, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?