कोरोनाबाट नेपालमा थप १४ को मृत्यु, मृतकको संख्या ८ सय ७६ पुग्यो

कार्तिक ११, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लाे २४ घण्टामा नेपालमा थप १४ जनाकोे कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

थप १४ जनाकाे मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् । 

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९ सय ३२ जना रहेका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully