२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नेकपाको 'शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम' स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाले दसैंका अवसरमा आयोजना गर्दै आएको 'शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम' स्थगित गरेको छ ।

नेकपाको 'शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम' स्थगित

कोरोना भाइरसको संक्रमण फैलँदो क्रममा रहेको र सरकारले भीडभाड नगर्न भनेर गरेको आग्रहअनुसार चियापान कार्यक्रम स्थगित गरिएको नेकपाले जनाएको छ ।

नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले मंगलबार एक विज्ञप्ति जारी गर्दै शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

'हाम्रो पार्टीले नेपालीहरूका यी चाडपर्व (बडादसैं, तिहार, नेपाल सम्वत्, छठ लगायत)हरूका अवसरमा विगत वर्षहरूमा आयोजना गर्दै आइरहेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम कोभिड-१९ महामारीका कारण यसवर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चाडपर्वका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यसअघि नै स्थगित गरिसकेको छ ।

प्रकाशित : कार्तिक ११, २०७७ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?