पाल्पामा कोरोनाबाट थप दुईको मृत्यु

कार्तिक ११, २०७७

माधव अर्याल

पाल्पा — पाल्पामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक महिला र पुरुषको सोमबार राति मृत्यु भएको हो ।

पूर्वखोला गाउँपालिकाकी ६९ वर्षीय महिलाको सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

दुर्घटनामा परेर अस्पताल ल्याइएकी ती महिलाको स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो । उनमा कोरोनाका लक्षण समेत देखिएको अस्पतालले जनाएको छ । 

रुपन्देहीमा भेन्टिलेटर नपाएर पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गर्न आएका तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको पनि सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालका अनुसार ती पुरुषमा श्वासप्रश्वासको समस्या थियो । 

पाल्पामा हालसम्म १ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८ सय ५८ जना निको भएका छन् । २ सय ३२ जना सक्रिय संक्रमित छन् ।

कोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully