कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

कार्तिक ११, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । गजुरेलले सोमबार फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

गत हप्ता दाईलाई अस्पताल लाने, ल्याउने गरेका उनलाई गत बिहीबार सामान्य टाउको दुखेको र शुक्रबार ज्वरो आएको र शनिबार ढाड पनि दुखेको उल्लेख गरेका छन् । गजुरेलको आइतबारको पीसीआर टेस्ट सोमबार पोजिटिभ आएको हो ।

उनले बिहीबारदेखि नै आफू आइसोलेसनमा बसेको बताएका छन् । 

संक्रमणबाट बँच्न सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै पनि काेराेना भाइरस जसलाई पनि लाग्न सक्ने हुँदा सुरक्षित रहन तथा 'पोजिटिभ' देखिएमा पनि नआत्तिन र चिकित्सकको सम्पर्कमा रहन उनले अनुरोध गरेका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully