कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पछिल्लो २४ घण्टामा थपिए २ हजार ८ सय ५६ कोरोना संक्रमित, ३ हजार ३ सय ३६ डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिए २ हजार ८ सय ५६ कोरोना संक्रमित, ३ हजार ३ सय ३६ डिस्चार्ज

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । योसँगै देशभरl सक्रिय संक्रमितको संख्या हालसम्म ४५ हजार ५ सय ७२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ४५ हजार ५ सय ७२ जना छन् भने ३ हजार ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ९३ हजार १ सय ७३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : कार्तिक ९, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?