कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चितवनमा दुई काेराेना संक्रमितको मृत्यु

रासस

काठमाडौँ — कोभिड–१९ को संक्रमणबाट चितवनमा थप दुई संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती संक्रमितको कोरोनाबाट ज्यान गएको हो ।

चितवनमा दुई काेराेना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए । निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । ती पुरुषमा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्यु भएको हो । ती महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चन्द्रनिगाहापुर नगरपालिका–१ की ७७ वर्षीया वृद्धामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । ती वृद्धाको शनिबार साँझ मृत्यु भएको हो ।

प्रकाशित : कार्तिक ९, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?