कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले यस वर्षको कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने जनाएको छ । कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोभिड-१९ का कारण यो वर्ष नगरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने

वि.सं. २०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामनाआदान–प्रदान गर्दै आएको थियो ।

तर यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने मुख्यसचिव पौडेलले जानकारी दिए ।

प्रकाशित : कार्तिक ९, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?