काठमाडौ‌ं उपत्यकामा थप १,११० जनामा कोरोना संक्रमण

कार्तिक ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ महिला र ६८१ पुरुषमा कोरोना पुष्टि भएको हो । 

योसँगै काठमाडौंमा संक्रमितको संख्या ५५ हजार ७७, ललितपुरमा ७ हजार ७ सय ३६ र भक्तपुरमा ५ हजार १ सय ५० पुगेको छ । 

शुक्रबार काठमाडौं उपत्यकामा २ हजार ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा कहाँ कति थपिए ?


कोरोना भाइरस

कान्तिपुर

Link copied successfully