कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

काठमाडौ‌ं उपत्यकामा थप १,११० जनामा कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौ‌ं उपत्यकामा थप १,११० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ महिला र ६८१ पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै काठमाडौंमा संक्रमितको संख्या ५५ हजार ७७, ललितपुरमा ७ हजार ७ सय ३६ र भक्तपुरमा ५ हजार १ सय ५० पुगेको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा २ हजार ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा कहाँ कति थपिए ?


प्रकाशित : कार्तिक ८, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?