कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुग्यो

२४ घण्टामा थप १३ जनाको मृत्यु

कार्तिक ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको संख्या ८ सय ४२ पुगेको हो ।

शनिबारसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार ८४६ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully