थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ८४६ कोरोनामुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।

थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ८४६ कोरोनामुक्त

त्यस्तै २४ घण्टामा २ हजार ८४६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ८ हजार ३३४ संख्या पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ नमुना परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा जम्मा १३ हजार ८४६ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ जना रहेका छन् ।

प्रकाशित : कार्तिक ८, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?