कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वगृहमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् । 

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

शर्माले शनिबार बिहान पीसीआर परीक्षणका लागि स्वाबको नमुना दिएका थिए । शनिबार साँझ आएको परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि शर्मा ललितपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु। केही दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।'

प्रकाशित : कार्तिक ९, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?