गैंडाकोटका कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु

कार्तिक ९, २०७७

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोटका कोरोना संक्रमित पुरुषको आइतबार चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईका अनुसार गैडाकोट-५ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आइतबार मृत्यु भएको हो । 

ती पुरुष लामो समयदेखि मुटुमा समस्या आएर उपचाररत थिए । कात्तिक ६ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरस

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully