२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पछिल्लो २४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिए, २ हजार १०८ जना कोरोनामुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ३९ हजार १२९ संक्रमितको संख्या पुगेको जनाए । 

पछिल्लो २४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिए, २ हजार १०८ जना कोरोनामुक्त

यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४१ हजार ७५५ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार १०८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ९६ हजार ६०९ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख १४ हजार ७७९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार ८६१ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२० जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

प्रकाशित : कार्तिक ४, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?