कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दसैं बिदामा बैंकका शाखा बन्द हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंको बिदामा बैंकका सबै शाखा बन्द हुने भएका छन् । सो अवधिमा ग्राहकले डिजिटल बैकिङ मार्फत् भने कारोबार गर्न सक्ने छन् । 

दसैं बिदामा बैंकका शाखा बन्द हुने

‘यही कात्तिक ७ देखि ११ गतेसम्म बैंकका सबै शाखाहरु बन्द हुने भएता पनि डिजिटल बैंकिङ सेवा सूचारु हुनेछ,’ बैंकर्स संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एटीएम सेवा समेत यथावत रुपमा प्रयोग गर्न सकिनेछ ।’

कोरोना भाइरस संक्रमणबाट बच्‍न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न पनि ग्राहकलाई संघले आग्रह गरेको छ ।

अघिल्ला वर्षहरुमा दसैं बिदामा पनि बैंकहरुले सीमित शाखा खुला राखेर आधारभूत बैकिङ सेवा दिँदै आएका थिए । यो वर्ष कोभिड–१९ को जोखिम उच्च रहेका भन्दै बैंकहरुले दसैंका लागि सरकारले दिएको सार्वजनिक विदाको दिन बैंक बन्द गर्ने भएका हुन ।

‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण मुलुकमा पनि बढदै गएको र पछिल्ला केही दिनहरुमा सो संख्या झन् बढदै गएको हामी सबैमा विदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वाणिज्य बैंकका कर्मचारीमा समेत संक्रमणको दर दिनहु बढदै हालसम्म ३ हजार ७ सय भन्दा धेरै कर्मचारीहरु संक्रमित भइसकेको अवस्थामा पनि नियमित रुपमा सेवा प्रदान गर्दै आइरहेका छौं ।’

प्रकाशित : कार्तिक ४, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?