सर्पले टोकेपछि अस्पताल गएकामा कोरोना पुष्टि, उपचारका क्रममा मृत्यु

कार्तिक ४, २०७७

रमेशकुमार पौडेल

चितवन — सर्पले डसेर उपचार गराउन चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पनि पुष्टि भएको छ । उपचारको क्रममा मंगलबार बिहान उनको मृत्यु भएको छ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार नवलपरासी पूर्व (नवलपुर) गैंडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष असोज १७ गते सर्पले टोकेर उपचारका लागि आएका थिए ।

परीक्षणपछि उनमा असोज १८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको डा. लम्सालले जानकारी दिए । अस्पतालको कोभिड आईसीयूमा उपचार गराइरहेका उनको मंगलबार बिहान ९ बजेर ५६ मिनेटमा मृत्यु भएको हो । 

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully