दाङमा कोरोना संक्रमित पुरुषको मृत्यु

कार्तिक ४, २०७७

दुर्गालाल केसी

दाङ — होम आइसोलेसनमा बसेका लमहीका एक कोरोना संक्रमित पुरुषको मंगलबार मृत्यु भएको छ । लमही नगरपालिका-५ का ४३ वर्षीय ती पुरुषको घरमै मृत्यु भएको हो ।

जन्डिसको समस्या देखिएपछि उपचारका लागि काठमाडौंबाट फर्किएपछि ती पुरुष र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनीहरु एक सातादेखि होम आइसोलेसनमा बसेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लोकराज पौडेलले बताए ।

मृतक पुरुषकी श्रीमतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको पौडेलले बताए । हालसम्म जिल्लामा कोरोनाका कारण ७ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना भाइरस

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully