प्रधानमन्त्री र मन्त्रीहरूको दसैं भत्ता कोरोना कोषमा राख्ने निर्णय

कार्तिक ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीहरूले दसैं भत्तावापत प्राप्त रकम कोरोना कोषमा राख्ने निर्णय भएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त निर्णयबारे जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सोमबार मन्त्री गुरुङले भने, 'प्रधानमन्त्री र मन्त्रिपरिषद्का सबै सदस्यहरूले यसवर्षको दसैं भत्ता वापत आएको रकम कोरोना कोषमा राख्ने यस रोगको रोकथाम नियन्त्रणमा सहयोग पुर्‍याउने निर्णय भएको छ ।'

मन्त्री गुरुङले संघीय सरकारले गरेको निर्णयअनुसार नै प्रदेशका सरकारहरूलाई पनि कोरोना कोषमा दसैं भत्ता वापतको रकम जम्मा गर्न आग्रह गरेका थिए । 

सरकारले सांसदहरूलाई कोरोना महामारीको बेलमा भत्ता दिएको भनेर आलोचना भएपछि सांसदहरूले उक्त भत्ता फिर्ता गरेका थिए । यससँगै प्रधानमन्त्री र मन्त्रीरहरूले पनि दसैं भत्ता कोरोना कोषमा राख्ने निर्णय गरेका हुन् । 

दसैं भत्ताकोरोना भाइरस

कान्तिपुर

Link copied successfully