१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भौतिक पूर्वाधार तथा यातायत मन्त्री नेम्बाङलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भौतिक पूर्वाधार तथा यातायत मन्त्री नेम्बाङलाई कोरोना संक्रमण

मन्त्री नेम्बाङले सामजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन् ।

सोमबार पीसीआर परीक्षण गराउँदा आफूमा कोभिड-१९ पोजिटिभ देखिएको उनले बताएका छन् । आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न मन्त्री नेम्बाङले आग्रह गरेका छन् ।

मन्त्री नेम्बाङको अवस्था सामान्य रहेको र हाल उनी निवासमै आराम गरिरहेको उनका प्रेस संयोजक सन्दिप राईले बताए । आइतबार सामान्य ज्वरो आएपछि मन्त्री नेम्बाङले सोमबार परीक्षणका लागि स्वाब दिएका थिए ।

प्रकाशित : कार्तिक ३, २०७७ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?