कोरोना संक्रमणबाट नवलपरासी पूर्वका ७४ वर्षीय पुरुषको मृत्यु

आश्विन २८, २०७७

रमेशकुमार पौडेल

चितवन — नवलपरासी पूर्वको मध्यविन्दु-१५ का  ७४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उनको उपचारका क्रममा म‌ंगलबार राति मृत्यु भएको हो ।

असोज १८ गते श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ती पुरुषमा असोज २० गते कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

आईसीयूमा उपचाररत ती व्यक्तिको मंगलबार राति सवा १० बजे मृत्यु भएको निर्देशक लम्सालले जानकारी दिए । 

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully