१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोरोना संक्रमणबाट नवलपरासी पूर्वका ७४ वर्षीय पुरुषको मृत्यु

रमेशकुमार पौडेल

चितवन — नवलपरासी पूर्वको मध्यविन्दु-१५ का  ७४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उनको उपचारका क्रममा म‌ंगलबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट नवलपरासी पूर्वका ७४ वर्षीय पुरुषको मृत्यु

असोज १८ गते श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ती पुरुषमा असोज २० गते कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

आईसीयूमा उपचाररत ती व्यक्तिको मंगलबार राति सवा १० बजे मृत्यु भएको निर्देशक लम्सालले जानकारी दिए ।

प्रकाशित : आश्विन २८, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?