कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्थली नगरपालिका बन्द

आश्विन २७, २०७७

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थली नगरपालिकाका कर्मचारी सहित २० जना कोरोना संक्रमित थपिएपछि मन्थली नगरपालिकाको कार्यालय कार्तिक २ गते सम्मका लागि बन्द गरिएको छ ।

नगर प्रमुख रमेशकुमार बस्नेतले नगरपालिकाका केही कर्मचारीमा कोरोना पुष्टि भएकाले विपद् र फोहोरमैला बाहेकका सबै सेवा बन्द गरिएको बताएका हुन् ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार मंगलबार  मन्थली नगरपालिका, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखा, विद्यालयका कर्मचारी र केही व्यवसायी गरी २० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।  

नगरपालिकाले संक्रमित सबैलाई होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाएको जनाएको छ । यस अघि रामेछाप नगरपालिकामा सोमबार ८ जनालाई संक्रमण पुष्टि भएको थियो । मंगलबार नै लिखु तामाकोशी गाउँपालिकाका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको उक्त कार्यालयले जनाएको छ ।

कोरोना भाइरस

टीकाप्रसाद

Link copied successfully