कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

संघीय मामिला मन्त्रालयका दर्जन बढी कर्मचारी संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दर्जन बढी कर्मचारी कोरोना संक्रमित पाइएका छन् । मन्त्रालय स्रोतका अनुसार सचिव सूर्यप्रसाद गौतम सहित १६ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ ।

संघीय मामिला मन्त्रालयका दर्जन बढी कर्मचारी संक्रमित

मन्त्रालयका १ सय ६३ जना कर्मचारीको गत शुक्रबार स्वाब संकलन गरिएको थियो । मंगलबार त्यसमध्ये १ सय ४० जनाको रिपोर्ट आएकोमा कोरोना पोजिटिभ देखिएकाको संख्या दर्जनबढी पाइएको छ ।

केही साता अगाडि मन्त्रालयका प्रवक्ता सह-सचिव वसन्त अधिकारी र उनको सचिवालयमा कार्यरत एकजना कर्मचारी कोराना संक्रमित भएका थिए । त्यसपछि सामूहिक रुपमा सबै कर्मचारीको परीक्षण गरिएको हो ।

सह-सचिव अधिकारी भने निको भएर मन्त्रालयको कामकाजमा फर्किसकेका छन् । तर, मन्त्रालयमा संक्रमितको संख्या बढी देखिएपछि धेरैजसो कर्मचारीले आफूलाई आइसोलेसनमा राखेका छन् । मन्त्री हृदयश त्रिपाठीको स्वास्थ्यमा देखिएको अन्य समस्याका कारण अस्पतालमा भर्ना छन् ।

उनको पित्त थैलीमा भएको पत्थरीको शल्यक्रिया गरिएको छ । उनी सोमबार साँझबाट ग्रान्डी अस्पतालमा भर्ना छन् । त्यसबाहेक सचिव र धेरैजसो कर्मचारी आइसोलेसनमा बसेपछि मन्त्रालयको कामकाज करिब करिब ठप्प हुन पुगेको छ ।

कोरोना पोजिटिभ आएका कर्मचारीहरुमा कुनै विशेष लक्षण नदेखिएको र उनीहरुको स्वास्थ्य सामान्य रहेको मन्त्रालय स्रोतले उल्लेख गरेको छ ।

प्रकाशित : आश्विन २७, २०७७ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?