धुलिखेल अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

आश्विन १८, २०७७

नगेन्द्र अधिकारी

काठमाडौँ — कोरोना पुष्टि भएका २ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।

बनेपा–१३ घर भएका ४६ वर्षीय पुरुषको दिउँसो साढे १२ बजे मृत्यु भएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । स्वासप्रश्वासमा समस्या भएपछि उनी भदौ २८ गते अस्पताल भर्ना भएका उनी भेन्टिलेटरमा थिए । 

काठमाडौं सिनामंगल घर भएका ७७  वर्षीय पुरुषको आइतबार बिहान पौने ६ बजे मृत्यु भएको हो । उच्च रक्तचाप र प्रोस्टेटको समस्याका कारण अस्पताल भर्ना भएका उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि जिल्लामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भइसकेको छ । जिल्लाका ३ पुरुष र ४ महिला र जिल्लाबाहिरका २ पुरुष र २ महिलाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

कोरोना भाइरस

नगेन्द्र

Link copied successfully