उपत्यकामा २४ घन्टामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण

आश्विन १८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौं — उपत्यकामा २४ घन्टामा थप १५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

२४ घन्टामा १२ हजार ७ सय ८४ पीसीआर परीक्षण भएका छन् । हालसम्म १० लाख ७४ हजार ४४८ परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 

देशभर भने पछिल्लो २४ घन्टामा २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित भने २२ हजार २१९ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully