२४ घण्टामा थपिए २ हजार २५३ कोरोना संक्रमित, १ हजार ३२९ जना डिस्चार्ज- समाचार - कान्तिपुर समाचार

२४ घण्टामा थपिए २ हजार २५३ कोरोना संक्रमित, १ हजार ३२९ जना डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौं — पछिल्लो २४ घण्टामा आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको जनाए । शनिबार दुई हजार १ सय २० जना संक्रमित थपिएका थिए ।

त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ३ सय २९ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

हालसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ । ४ हजार २ सय ३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

यस्तै, २४ घण्टामा १२ हजार ७ सय ८४ पीसीआर परीक्षण भएको छ । यस्तै, थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।

प्रकाशित : आश्विन १८, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्

वृद्ध दम्पतीलाई धम्क्याएर लुटपाट

प्रकाश बराल

बागलुङ — प्रहरी हौं भन्दै रातको समयमा धम्क्याएर वृद्ध दम्पत्तीको घरमा लुटपाट भएको छ । ५/६ जनाको समूहमा आएका युवाले गलकोट नगरपालिका २ नरेठाँटीका गोरखबहादुर भण्डारीको घरमा लुटपाट गरेका हुन् । ती समूहले भण्डारी दम्पतीलाई डोरीले बाँधेर ९ तोला सुन र ६५ हजार नगद रकमसमेत लुटेर लगेको वडाअध्यक्ष हिमबहादुर भण्डारीले बताए । 

बिहीबार साँझ ७ बजे आएका नकावधारीले भण्डारी दम्पतीलाई हतियार चलाउने धम्की दिएर लुटेका थिए । लुटेराले सइ र हवल्दार हौं भन्दै लुटेको पीडितले बताए । लुटेराले बाँधिदिएकाले दम्पती रातभर अलपत्र परेका थिए । लुटेराले पीडितको मुखमा टेप टाँसिदिएकोले बोल्न, कराउन पनि नसकेको गुनासो गरेको भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले लुटेराको खोजी भइरहेको बताए । ‘खबर पनि ढिला आयो, लुटेराको खोजी भइरहेको छ’, रेग्मीले भने, ‘अनुसन्धानको क्रममा स्थानीय केही युवामा पनि सोधखोज भइरहेको छ ।’

प्रकाशित : आश्विन १८, २०७७ १५:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×