नेपालगन्ज मेडिकल कलेजमा कोरोनाबाट दुई जनाको मृत्यु

आश्विन १५, २०७७

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमणबाट बिहीबार दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–४, का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुवेै जना शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । जसमा बाहिरी जिल्लाका ८ जना रहेका छन्  ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully