लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

आश्विन १५, २०७७

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएका एक जनामा बिहीबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ ।

कोटहीमाई गाउँपालिका–८ का ४२ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि बुधबार दिउँसो ३ बजे अस्पताल ल्याईएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उपचारका क्रममै उनको साँझ ६ बजे मृत्यु भएको थियो । 

बुधबार साँझ नै स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । बिहीबार आएको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको डा. गौतमले जानकारी दिए । 

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully