लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएका एक जनामा बिहीबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

कोटहीमाई गाउँपालिका–८ का ४२ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि बुधबार दिउँसो ३ बजे अस्पताल ल्याईएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उपचारका क्रममै उनको साँझ ६ बजे मृत्यु भएको थियो ।

बुधबार साँझ नै स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । बिहीबार आएको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको डा. गौतमले जानकारी दिए ।

प्रकाशित : आश्विन १५, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?