स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना

आश्विन १४, २०७७

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ११ जना स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिष्ठानको शिक्षण अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा २४ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानका डा.अनुपमंगल समालले जनाए । ‘परीक्षण गरिएका ५० मध्ये २४ जनामा कोरोना देखिएको छ,’ उनले भने, ‘संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा भर्ना गरेका छौं ।’

कोरोना भाइरस

एलपी

Link copied successfully