पछिल्लो २४ घन्टामा उपत्यकामा ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि 

आश्विन १४, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९ सय २ जना कोरोना संक्रमित देखिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जना संक्रमित थपिएको जानकारी दिइएको हो । 

 २४ घन्टामा १२ हजार २ सय ५ पीसीआर परीक्षण भएका छन् । 

पछिल्लो २४ घन्टामा अध्यावधिक विवरणअनुसार मंगलबार उपत्यकामा ९ सय ३४ जनामा कोरोना संक्रमित देखिएका थिए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully