रुपन्देहीमा कोरोनाबाट थप एक जनाको मृत्यु

आश्विन १४, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक जना संक्रमितको मृत्यु भएको छ । 

असोज ११ गते स्वास्थ्यमा समस्या भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएका देवदह-११ का ५५ वर्षीय पुरुषको पीसीआर पोजिटिभ देखिएपछि कोरोना अस्पतालको आईसीयूमा राखी उपचार भइरहेको थियो । उपचारकै क्रममा बिहान १० बजे  मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

मृतकको मिर्गाैला र रगतमा खराबी रहेको थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २० पुगेको छ । अहिले अस्पतालको आईसीयूमा १६ र भेन्टिलेटरमा एक बिरामीको उपचार भइरहेको थापाले जनाए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully