सप्तरीका ३९ वर्षीय कोरोना संक्रमितको मृत्यु
धरान — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भेन्टिलेटरसहितको आईसीयूमा उपचाररत सप्तरीको राजविराज नगरपालिका–४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान ३ बजेर १० मिनेटमा मृत्यु भएको हो ।
उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरस्थित गोल्डेन हस्पिटलले रिफर गरेपछि उनलाई बीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार असोज १० गते कोभिड अस्पतालमा भर्ना गरेर ती बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका रोगी रहेको डा. सापकोटाले बताए । उनले १० वर्षदेखि डायलसिस गराइरहेका थिए ।
प्रकाशित : आश्विन १४, २०७७ ०९:५५प्रतिक्रिया