बाँकेमा कोरोना संक्रमित ३५ वर्षीया महिलाको मृत्यु

आश्विन १४, २०७७

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमित एक महिलाको बुधबार मृत्यु भएको छ । नेपालगन्ज-१ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले जानकारी दिए ।

ती महिला स्वास्थ्यमा समस्या आएपछि असोज २  गते भेरी अस्पतालमा भर्ना भएकी थिइन । असोज ३ गते उनलाई कोरोना पुष्टि भएको थियो  । महिलाको फोक्समा निमोनिया समेत देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

श्रेष्ठका अनुसार मृतक महिला मधुमेह उच्च,रक्तचाप रोगबाट ग्रसित थिइन् । बाँकेमा योसँगै  कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully