१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बाँकेमा कोरोना संक्रमित ३५ वर्षीया महिलाको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमित एक महिलाको बुधबार मृत्यु भएको छ । नेपालगन्ज-१ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले जानकारी दिए ।

बाँकेमा कोरोना संक्रमित ३५ वर्षीया महिलाको मृत्यु

ती महिला स्वास्थ्यमा समस्या आएपछि असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन । असोज ३ गते उनलाई कोरोना पुष्टि भएको थियो । महिलाको फोक्समा निमोनिया समेत देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार मृतक महिला मधुमेह उच्च,रक्तचाप रोगबाट ग्रसित थिइन् । बाँकेमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

प्रकाशित : आश्विन १४, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?