कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा १५ सय ५९ जना कोरोना संक्रमित थपिए, २४ घन्टामा १ हजार ५७ डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा बुधबार १५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घन्टामा  १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । 

नेपालमा १५ सय ५९ जना कोरोना संक्रमित थपिए, २४ घन्टामा १ हजार ५७ डिस्चार्ज

नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको प्रवक्ता गौतमले बताए ।

२४ घन्टामा १२ हजार २ सय ५ पीसीआर परीक्षण भएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५७ जना घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ ।

प्रकाशित : आश्विन १४, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?