नेपालमा १५ सय ५९ जना कोरोना संक्रमित थपिए, २४ घन्टामा १ हजार ५७ डिस्चार्ज

आश्विन १४, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा बुधबार १५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा  १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । 

नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको प्रवक्ता गौतमले बताए ।

२४ घन्टामा १२ हजार २ सय ५ पीसीआर परीक्षण भएका छन् । 

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५७ जना घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully