नेपालमा थपिए १५ सय १३ कोरोना संक्रमित, संक्रमितको संख्या ७६ हजार नाघ्यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा थपिए १५ सय १३ कोरोना संक्रमित, संक्रमितको संख्या ७६ हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ३१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित २० हजार ३ सय ९६ जना छन् भने ५ हजार ७ सय ७८ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

प्रकाशित : आश्विन १३, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना कहरकै बीच सुरु भयो चन्द्रागिरिमा पढाई [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — उपत्यकामा कोरोना भाइरस संक्रमण फैलिरहे पनि सरकारको निर्णयअनुसार असोज १ देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै लामो दुरीको यातायातका साधन र अन्य व्यापार/व्यवसाथ सञ्चालन भइरहेका छन् । शैक्षिक संस्थामा वैकल्पिक माध्यमबाट अपनाएर पठनपाठनको विधिलाई अपनाउन आग्रह गरेको थियो । तर, कम प्रभावित उपत्यका बाहिरका जिल्लाहरुमा पढाइ सञ्चालन सुरु भएको छ । काठमाडौं बाहिरमात्रै नभइ राजधानीकै चन्द्रागिरि नगरपालिका ७ महादेवस्थानस्थित चेक पोस्टमा समेत प्रभात माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको छ । उक्त विद्यालय चन्द्रागिरि नगरपालिकाले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन अनुमति दिएपछि सञ्‍चालन भएको हो ।

नगरपालिकाले शिक्षक-विद्यार्थीमा संक्रमण देखिइहाले उपचार गर्ने आश्वासन दिएपछि असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आएको हो । विद्लालय सञ्‍चालन गरिए पनि प्रभावकारी रुपमा चल्न सकेका छैनन् । विद्यार्थीलाई हप्ताभरिलाई पुग्ने गृहकार्य दिएर पठाउने गरिएको प्रधानाध्यापक रुपाखेतीले जानकारी दिए ।


प्रकाशित : आश्विन १३, २०७७ १६:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×