२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बीपी प्रतिष्ठानमा मोरङका कोरोना संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका–७ का ६८ वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ ।

बीपी प्रतिष्ठानमा मोरङका कोरोना संक्रमितको मृत्यु

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक पुरुष विराटनगरको नोबेल मेडिकल कलेजमा रिफर गरिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक पुरुषको स्वाब संकलन गरेर नोबेल कलेजमै पीसीआर जाँच गर्दा असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएपछि कोभिड अस्पतालको भेण्टिलेटरसहितको आईसियूमा राखेर उपचार गर्दागर्दै संक्रमित पुरुषको मुत्य भएको थियो । योसहित बीपी प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ ।

प्रकाशित : आश्विन १३, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?