कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारबाट सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा

उनको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा बसेका सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

प्रधानसेनापति थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशिका र मापदण्डअनुसार स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफूलाई सेल्फ क्वारेन्टाइन गरेको आइतबार नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : आश्विन ११, २०७७ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?