कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सप्तरीमा एक कोरोना संक्रमितकाे मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत ५५ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।

सप्तरीमा एक कोरोना संक्रमितकाे मृत्यु

११ दिनअघि प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा प्रमुखहरुको स्वाब संकलन गरिएको दिन उनले पनि पीसीआरका लागि स्वाब दिएका थिए । अन्यको रिपोर्ट नेगेटिभ आएपनि उनको रिपाेर्ट पोजिटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि २–३ दिन सामान्य अवस्था देखिएपनि पछि उनमा लक्षण देखिन थालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दकुमार ठाकुरले बताए । ३ दिनअघि उनी २४ घण्टा राजविराजस्थित साईकृष्ण मेकिडल कलेजको पुरानो भवनमा रहेको आइसोलेसनमा समेत बसेका थिए ।

घर फर्केर होम आइसोलेसनमा बस्दै आएका कार्यालय सहयोगीको बिहीबार बिहान मृत्यु भएको हो । ‘बिहीबार बिहान उठ्दा सामान्य अवस्थामा रहेपनि अचानक उनको मृत्यु भएको हो,’ सूचना अधिकारी ठाकुरले भने । सप्तरी जिल्लामा कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या योसमेत गरी १२ जना पुगेको छ ।

प्रकाशित : आश्विन ८, २०७७ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?