कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमित हेटौंडाकी १७ वर्षीया किशोरीको चितवनमा मृत्यु

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरसको संक्रमण देखिएकी मकवानपुर हेटौंडा–१० की १७ वर्षीया किशोरीको चितवन भरतपुरमा रहेको मेडिकल कलेजको शिक्षण अस्पतालमा आइतबार मृत्यु भएको छ ।

कोरोना संक्रमित हेटौंडाकी १७ वर्षीया किशोरीको चितवनमा मृत्यु

अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार ती किशोरी स्वासप्रश्वास तथा निमोनियाको समस्या भएका कारण भदौ २२ गते अस्पताल भर्ना भएकी थिइन् । भदौ २४ गते उनलाई कोरोना भाइरसको संक्रमण पुष्ट भएको थियो ।

आईसीयूमा उपचाररत उनको आइतबार पौने चार बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि आइतबार चितवन कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको पनि चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । उनमा पनि नियमोनिया र स्वासप्रश्वास कै समस्या थियो ।

प्रकाशित : आश्विन ४, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?