प्रदेश ५ मा एकैदिन २ सय ५ संक्रमित निको भए

आश्विन ४, २०७७

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा आइतबार एकैदिन २ सय ५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेहरुको संख्या ६ हजार ६ सय ८८ पुगेको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

प्रदेश ५ मा आइतबार थप ७०  जनामा कोरोना पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ९ हजार १ सय ५५ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार रुपन्देहीमा २३, बाँकेमा २६, रुकुमपूर्व ८, पाल्पा ४, नवलपरासी पश्चिम ३, बर्दिया र दाड.मा २, कपिलवस्तु र अर्घाखाँचीमा एक/एक जनामा कोरोना पुष्टि भएको हो । 

संक्रमित मध्ये २ हजार ३ सय ३९ जना उपचाररत छन् । तीमध्ये २ सय ३८ जना लक्षणसहितका बिरामी हुन् । संक्रमितमध्ये ६ सय ३६ जना होम आइसोलेसनमा छन् । कोरोनाका कारण अहिलेसम्म प्रदेशमा ५६ जनाले ज्यान गुमाएका छन्  ।

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully