कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पाल्पामा ५२ वर्षीय कोरोना संक्रमितको मृत्यु 

उपचारका लागि बुटवल र भैरहवा पुर्‍याएर फिर्ता ल्याइएका बिरामीको मृत्यु भएको हो ।
माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रम आइसोलेसनमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ ।

पाल्पामा ५२ वर्षीय कोरोना संक्रमितको मृत्यु 

तानसेन नगरपालिका–७ का बिरामीलाई केही दिनअघि मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारका क्रममा निधन भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

शंकास्पद लक्षण देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाएको थियो । चार दिनअघि उनमा कोरोना पुष्टि भएको थियो । कलेजोको समेत बिरामी भएका उनलाई कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवलका विभिन्न अस्पतालका साथै भैरहवासम्म एम्बुलेन्समार्फत् लगिएको मिसन अस्पतालका व्यवस्थापक जीवन भट्टराईले बताए । बुटवल र भैरहवाका कुनै पनि अस्पतालमा भर्ना नलिएपछि मंगलबार उनलाई पुन: तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको मिसन अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित बिरामीलाई उपचार गर्न तोकेका अस्पतालले बिरामी राख्न नमान्दा बिरामीसँगै एम्बुलेन्स चालकले पीडा बेहोर्नु परेको थियो । मिसन अस्पतालले कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवलको धागो कारखानास्थित कोभिड अस्पतालमा पठाएको थियो । धागो कारखानाले प्रादेशिक अस्पतालबाट प्रक्रिया पुर्‍याएर ल्याउन भन्यो । प्रादेशिकले बेड नभएको भन्दै राख्न मानेन ।

एम्बुलेन्स चालकले भीम अस्पताल भैरहवा लिएर गए । त्यहाँ पनि राख्न बेड अभाव भएको जानकारी पाएपछि बुटवलको मुटु अस्पताल ल्याए । त्यहाँ पनि राख्न नमानेपछि पुन: पाल्पा फिर्ता ल्याएको चालक सुरज खत्रीले बताए । मिसन अस्पतालका प्रमुख व्यवस्थापक जीवन भट्टराईले कोरोना संक्रमित बिरामीको थप उपचार गर्नुपर्ने भएकाले पाल्पा अस्पतालको समन्वयमा बुटवल पठाएको बताए ।

प्रकाशित : आश्विन १, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?