कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरहा कारागारका थप २ सय ५९ जनामा कोरोना संक्रमण

भरत जर्घामगर

सिरहा — सिरहा कारागारमा बुधबार एकै पटक २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कारागारमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ । 

सिरहा कारागारका थप २ सय ५९ जनामा कोरोना संक्रमण

स्वास्थ्य कार्यालय सिरहाका कोभिड स्रोत व्यक्ति अम्देश्वर चौधरीका अनुसार प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको स्वाब परीक्षणको नतिजामा बुधबार सिरहा कारागारका २ जना ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कारागारमा रहेका २ सय ६९ कैदीबन्दीको स्वाब परीक्षण गर्दा बुधबार २ सय ५९ जनामा संक्रमण पुष्टि भएको चौधरीले जानकारी दिए ।

सिरहा कारागारमा दुई आश्रित बालबालिकासहित ५ सय ९७ कैदीबन्दी छन् । तीमध्ये ५ सय ७ जनामा कोरोना संक्रमण भइसकेको छ ।

कारागारका निमित्त प्रमुख बबिता महतोले संक्रमितमध्ये ७ जना कैदीबन्दी निको भएको जानकारी दिइन् । गत साउन २५ र २६ गते कोरोना परीक्षण नगराइकनै पुर्पक्षका लागि थुनामा ल्याएका चार जनाबाट कारागारमा कोरोना संक्रमण फैलिएको थियो ।

प्रकाशित : भाद्र ३१, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?