कोरोनाबाट काठमाडौं र रामेछापका एक/एक जनाको मृत्यु

भाद्र ३१, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोनाबाट काठमाडौं र रामेछापका एक/एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । 

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ३० गते उनीहरुको ललितपुरका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भदौ २९ गते सुमेरु अस्पतालमा भर्ना भएकी काठमाडौंकी ८१ वर्षीया महिलाको मंगलबार मृत्यु भएको हो । 

यस्तै,निदान अस्पतालमा उपचाररत रामेछापका ३६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनी भदौ २४ गते अस्पतालमा भर्ना भएका थिए । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully