सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ४० पुग्यो

भाद्र ३१, २०७७

कान्तिपुर संवाददाता

सल्यान — सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ४० पुगेको छ । प्रदेश प्रयोगशाला, सुर्खेतमा मंगलबार गरिएको पीसीआर परीक्षणको क्रममा थप ३४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ४० पुगेको हो ।

मंगलबार कोरोना पोजिटिभ देखिएका ३४ जनामध्ये ३३ जना बन्गाडकुपिण्डे नगरपालिकाका र एक कुमाख गाउँपालिकाका व्यक्ति हुन् ।

पछिल्लो समय ८ महिला र २६ पुरुषमा कोरोना देखिएको स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । 

उनका अनुसार १० स्थानीय तहमध्ये सबैभन्दा बढी बन्गाडकुपिण्डेमा २ सय २१ जना संक्रमित छन् । जिल्लाभर ३ सय जना उपचारपछि घर फर्किएको उनले जानकारी दिए ।

जिल्लाका विभिन्न आइसोलेसनमा ४० जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully