शवबाट नमुना निकालेर पीसीआर परीक्षण गर्नुपर्दैन : स्वास्थ्य मन्त्रालय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शवबाट नमुना निकालेर पीसीआर परीक्षण गर्नुपर्दैन : स्वास्थ्य मन्त्रालय

कान्तिपुर संवाददाता

काठमाडौँ — शंकास्पद मृत्यु भएकाको नमुना निकालेर पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण सम्बन्धमा शवबाट नमूना निकाली पीसीआर परीक्षण नगर्ने र नगराउने निर्देशन दिएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाएर दाहंसस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताए । उनले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने जानकारी गराए ।

त्यसैगरी मन्त्रालयले सबै प्रयोगशालाले कोभिड १९ को परीक्षणका लागि लिएका नमूना नेगेटिभ नतिजा आएकाहरु १ महिना र पोजिटिभ आएकाहरु ३ महिनासम्म स्टोर गर्न निर्देशन दिएको छ । प्रवक्ता डा. गौतमले पीसीआर परीक्षण रिपोर्ट दिँदा सिटिभ्यालु समेत उल्लेख गरेर दिनुपर्ने प्रयोगशालालाई आग्रह गरेका छन् ।

सिटी भ्यालुले कति चक्रमा शंकास्पद नमूनाको भाइरसको अवशेष देखियो भन्ने जानकारी दिन्छ । मन्त्रालयले क्रिटिकल केयर विज्ञसहित टोली गठन गरी विभिन्न अस्पतालको सघन उपचार कक्षमा दिइएको सेवाका बारे पनि अनुगमन गर्ने जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्

यातायात व्यवसायी भन्छन्- बिहीबारदेखि लामो, छोटो दुरीका सबै गाडी सञ्‍चालनमा आउँछन्

विमल खतिवडा

काठमाडौँ — कोभिडका कारण ६ महिनादेखि बन्द रहेका लामो दुरीका सवारी साधन बिहीबारबाट सञ्चालनमा आउने भएका छन् ।नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा बुधबार विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन् ।

आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै सवारी सञ्चालन गरिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यातायात सञ्‍चालनका लागि अनुमति दिने निर्णय गरेको थियो । सरकारले कोभिड महामारीका बेला सार्वजनिक यातायातमा थप ५० प्रतिशत भाडा समेत बढाएको छ ।

सम्बन्धित समाचार

यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनको संयुक्त विज्ञप्ति


प्रकाशित : भाद्र ३१, २०७७ १७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×