१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

२४ घन्टामा १५ सय ३९ संक्रमित, १ हजार ६८ जना डिस्चार्ज

काठमाडौँ — नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिए । 

२४ घन्टामा १५ सय ३९ संक्रमित, १ हजार ६८ जना डिस्चार्ज

हालसम्म संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

२४ घन्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ४१ हजार ७ सय ६ जना कोरोना संक्रमण निको भएर घर फर्किएका प्रवक्ता गौतमले जनाए ।

२४ घन्टामा १० हजार ४ सय ९४ पीसीआर परीक्षण भएका छन् । ८ जनाको मृत्यु भएको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८२० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १६ हजार २४२ जना रहेको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?