२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

स्वास्थ्य अवस्था सामान्य : अस्पताल

काठमाडौँ — कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे चाबहिलस्थित ओम् अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

कोइरालालाई माइल्ड खालको निमोनिया र ज्वरो देखिएको अस्पतालका प्रवक्ता विनोद अधिकारीले कान्तिपुरलाई बताए । ‘उहाँमा हल्का ज्वरो र रुघाखोकी देखिएको छ । स्वास्थ्य अवस्था सामान्य छ । उहाँलाई प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको छ,’ प्रवक्ता अधिकारीले भने ।

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित : भाद्र ३१, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?