कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

भाद्र २३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।

महामन्त्री कोइरालाको रिपोर्ट पोजिटिभ आएको ईपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा (ईडीसीडी) स्रोतले पुष्टि गरेको छ ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनलाई सोमबार साँझदेखि अचानक ज्वरो आएको थियो । साँझ ९९.८ डिग्री मात्रै रहेको ज्वरो राति १ सय २ पुगेको उनले बताए । सचिव तिवारीका अनुसार कोइरालाले घरमै आइसोलेसनमा बस्ने जानकारी दिएका छन् । ‘केही समस्या परे अस्पताल जाने नभए होम आइसोलेसनमै बस्ने बताउनुभएको छ,’ उनले भने ।

— Dr Shashank Koirala (@DrShashankKoir1) September 8, 2020

का‌ंग्रेस महाधिवेसनको सरगर्मी सुरु भएपछि उनी अहिले टोखाबाट सरेर महाराजगन्जस्थित निवासमा बस्न थालेका थिए । उनी दैनिक दर्जनौं नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्थे । उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका केही नेता तथा कार्यकर्ताहरुले मंगलबार नै पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना दिइएको पनि बताइएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully